भरतपुर अस्पतालका प्रमुख मेसुमा डा.पाण्डे
बिहीबार, २५ भदौ २०७७, १५ : ०६
चितवन । चितवनको भरतपुर अस्पतालका नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा.राजन पाण्डे नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको मेसुमा डा.पाण्डेलाई नियुक्त गरेको हो ।
यसअघि अस्पतालमा डा.श्रीराम तिवारी मेसु रहेका थिए । यही भदौ २४ गतेको मन्त्रिस्तरको निर्णयबाट उनलाई अस्पतालका प्रमुख मेसुमा नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले जानकारी दिए ।
प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन डा.पाण्डे नेपालगञ्जको भेरी अस्पतालमा कार्यरत रहेका थिए । डा.पाण्डे एघारौँ तहका चिकित्सक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ
-
घट्दो जन्मदरको मुख्य कारण आर्थिक बोझ र सामाजिक असहजता : युएनएफपीए
-
सन्दीप चम्किँदा नेपाललाई सामान्य लक्ष्य