शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

लेबनानमा शक्तिशाली बिस्फोट भएकै स्थानमा पुनः भयानक आगलागी

शुक्रबार, २६ भदौ २०७७, ०७ : १९
शुक्रबार, २६ भदौ २०७७

लेबनानको राजधानी बेरुतमा एक महिना अघि शक्तिशाली बिस्फोट भएकै बंदरगाहमा भयानक आगलागी भएको छ । महिना दिन अघिको शक्तिशाली बिस्फोटमा १ सय ९० जनाको मृत्यु भएको थियो ।

स्थानीय प्रशासनका अनुसार आगलागी बन्दरगाहको ड्युटी फ्री जोनमा रहेको कुनै तेल वा टायर गोदाममा लागेको हो जसलाई बढ्नबाट रोकियो ।

स्थानीय प्रशासनका अनुसार यो घटनामा कसैको ज्यान गएको छैन तर आगो यति भयंकर थियो कि यसबाट निस्किएको कालो धुँवाले बेरुत शहरको पूरा आकाशलाई आफ्नो रङ्गमा रङ्गाएको थियो ।

यद्यपि, आगलागीको स्पष्ट कारण भने पत्ता लाग्न सकेको छैन

लेबनानको सेनाले आगोमाथि नियन्त्रणका लागि हेलिकोप्टरको प्रयोग गर्नुपरेको बताइएको छ ।

सोसल मिडियामा सार्वजनिक भएका भिडियोमा ज्यान बचाउनका लागि धेरै मानिसहरु घटनास्थलबाट भागिरहेको देख्न सकिन्छ ।

बेरुतमा सिभिल डिफेन्सका निर्देशक जनरल रेयमन्ड खटरले जुन स्थानमा आगलागी भएको छ त्यस वरपरका सबै बाटो बन्द गरिदिएको जानकारी दिएका छन् ।

बन्दरगाहबाट निर्देशक बासिम अल–कैसीले एक स्थानीय रेडियो च्यानलसँगको कुराकानीमा खाना बनाउने तेलको ठूलो भण्डारबाट आगलागी सुरु भएको जानकारी दिए । त्यसपछि आगो टायरको गोदाम राखिएको इलाकासम्म पुगेको बताइन्छ ।

उनले भने, ‘आगलागी गर्मीका कारण भएको हो वा कुनै गल्तीका कारण भएको हो भनेर अहिले नै भन्नु हतार हुनेछ । सरकारी अधिकारी यसबारे अनुसन्धान गरिरहेका छन् ।’

स्थानीय प्रशासनले स्थिती नियन्त्रणमा भएको बताइरहेका छन् तर सोसल मिडियामार्फत् थाहा हुन्छ कि यो आगोका कारण मानिसहरुमा कति चिन्ता छ भनेर थाहा पाउन सकिन्छ किनभने गत महिना भएको ठूलो बिस्फोटको याद उनीहरुको मनमा अहिलेसम्म पनि ताजै छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप