लेबनानमा शक्तिशाली बिस्फोट भएकै स्थानमा पुनः भयानक आगलागी
लेबनानको राजधानी बेरुतमा एक महिना अघि शक्तिशाली बिस्फोट भएकै बंदरगाहमा भयानक आगलागी भएको छ । महिना दिन अघिको शक्तिशाली बिस्फोटमा १ सय ९० जनाको मृत्यु भएको थियो ।
स्थानीय प्रशासनका अनुसार आगलागी बन्दरगाहको ड्युटी फ्री जोनमा रहेको कुनै तेल वा टायर गोदाममा लागेको हो जसलाई बढ्नबाट रोकियो ।
स्थानीय प्रशासनका अनुसार यो घटनामा कसैको ज्यान गएको छैन तर आगो यति भयंकर थियो कि यसबाट निस्किएको कालो धुँवाले बेरुत शहरको पूरा आकाशलाई आफ्नो रङ्गमा रङ्गाएको थियो ।
यद्यपि, आगलागीको स्पष्ट कारण भने पत्ता लाग्न सकेको छैन
लेबनानको सेनाले आगोमाथि नियन्त्रणका लागि हेलिकोप्टरको प्रयोग गर्नुपरेको बताइएको छ ।
सोसल मिडियामा सार्वजनिक भएका भिडियोमा ज्यान बचाउनका लागि धेरै मानिसहरु घटनास्थलबाट भागिरहेको देख्न सकिन्छ ।
बेरुतमा सिभिल डिफेन्सका निर्देशक जनरल रेयमन्ड खटरले जुन स्थानमा आगलागी भएको छ त्यस वरपरका सबै बाटो बन्द गरिदिएको जानकारी दिएका छन् ।
बन्दरगाहबाट निर्देशक बासिम अल–कैसीले एक स्थानीय रेडियो च्यानलसँगको कुराकानीमा खाना बनाउने तेलको ठूलो भण्डारबाट आगलागी सुरु भएको जानकारी दिए । त्यसपछि आगो टायरको गोदाम राखिएको इलाकासम्म पुगेको बताइन्छ ।
उनले भने, ‘आगलागी गर्मीका कारण भएको हो वा कुनै गल्तीका कारण भएको हो भनेर अहिले नै भन्नु हतार हुनेछ । सरकारी अधिकारी यसबारे अनुसन्धान गरिरहेका छन् ।’
स्थानीय प्रशासनले स्थिती नियन्त्रणमा भएको बताइरहेका छन् तर सोसल मिडियामार्फत् थाहा हुन्छ कि यो आगोका कारण मानिसहरुमा कति चिन्ता छ भनेर थाहा पाउन सकिन्छ किनभने गत महिना भएको ठूलो बिस्फोटको याद उनीहरुको मनमा अहिलेसम्म पनि ताजै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण