भारतसँगको सीमा क्षेत्रबाट तत्काल सेना हटाउन चीनको प्रस्ताव
एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यीले चीन सरकार भारतसँगको सीमा विवाद कम गर्न तयार रहेको बताएका छन् । विदेशमन्त्री वाङले चिनियाँ सरकार वास्तविक नियन्त्रण रेखामा भारतसँगको तनाव कम गर्न ‘ठोस कदम चाल्न’ इच्छुक रहेको बताए । भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता भएको भोलिपल्ट विदेशमन्त्री वाङले सो कुरा बताएका हुन् ।
विदेशमन्त्री वाङ र भारतीय समकक्षी एस जयशंकरबीच बिहीबार रुसको राजधानी मस्कोमा भेटवार्ता भएको थियो । सो भेटवार्तामा दुई देशबीचको सीमा विवादको समस्या समाधान गर्ने विषयमा छलफल भएको बीबीसीले जनाएको छ । शुक्रबार मस्कोमा रसियन विदेशमन्त्री सर्गेई लावरोवसँगको संयुक्त प्रेस सम्मेलनमा बोल्दै चिनियाँ विदेशमन्त्री वाङले वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट सेना र सैनिक सामाग्री तत्काल हटाउनुपर्नेमा जोड दिए ।
उनले भने- ‘दुबै ब्रिक्स सदस्य देश चीन र भारतले लगातार तनावका विषयमा छलफल गरिरहेका छन् । मैले यो कुरा भारतीय विदेशमन्त्री एस जयशंकरसँग राखेको छु, भारतका अन्य सुरक्षा अधिकारीहरुसँग पनि कुरा गरेको छु । यसबारेमा हामी दुई देशका समकक्षीबीच हिजो लामो कुराकानी भएको छ । भारतीय विदेशमन्त्रीले शान्ति कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हामी वार्ताबाटै समस्याको समाधान गर्न चाहान्छौ । यो मामलालाई बढाउन चाहादैनौं । यसका लागि हामी ठोस कदम चाल्न तयार छौं । सबैभन्दा जरुरी भनेको नयाँ उल्लंघन हुनुहुँदैन । त्यसका लागि तत्काल सेना, हतियार र युद्ध सामाग्रीहरु वास्तविक नियन्त्रण रेखाबाट हटाउनुपर्छ ।’ दुबै देशका विदेशमन्त्री सांघाई सहयोग संगठनको बैठकमा भाग लिन रुसको राजधानी मस्को पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण