बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

मोटरसाइकलको ठक्करबाट तुलसीपुरमा एकको मृत्यु

शुक्रबार, ३० भदौ २०७४, १९ : ०६
शुक्रबार, ३० भदौ २०७४

ओपेन्द्र बस्नेत

तुलसीपुर (दाङ)– मोटरसाइकलको ठक्करबाट तुलसीपुरमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उप महानगरपालिका ७ मोतिपुर निवासी ६४ बर्षका गोरे गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुरबाट घोराही तर्फजाँदै गरेको रा२प४३९३ नम्बरको मोटरसाइकलले तुलसीपुर घोराही सडकको हात्तिखौवामा शुक्रबार दिउँसो ठक्कर दिएको थियो ।

गम्भीर घाइते गिरीलाई तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको  छ ।

मोटरसाइकलसहित चालक तुलसीपुर उपमहानगरपालिका १९ निवासी बसन्त थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप