रुपन्देहीमा टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु
बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नपा ४ तौलिहवा बस्ने वर्ष ३३ का प्रहरी जवान अमित श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ८९९ नं.को टिपरले पश्चिमतर्फ आउँदै गरेको ध१प ९७९५ नं.स्कुटीमा सवार प्रहरी जवानलाई ठक्कर दिँदा उनको उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाडले जनाएको छ । अर्की एक प्रहरी जवान घाईते भएकी छन् । घाइते हुनेमा रुपन्देहीको सैनामैना नपा ४ बस्ने वर्ष २३ की प्रहरी जवान सन्तोषी थारु रहेकी छिन् ।
मृतक श्रेष्ठ ईलाका प्रहरी कार्यालय बुर्तिवाड. बाग्लुड दरबन्दी रही हाल जिल्ला प्रहरी कार्यालय बाग्लुडमा कार्यरत थिए । घाईते थारुको दरबन्दी ईलाका प्रहरी कार्यालय बलेवा बाग्लुङ दरबन्दी रही हाल जिप्रका.बाग्लुङमा कार्यरत रहेको प्रहरीले जनाएको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर नियन्त्रणमा छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण