राष्ट्रकविको सम्झनामा रायमाझीले बनाए ‘उनको प्रीति’ को नयाँ भर्सन
काठमाडौं । स्व.राष्ट्रकवि माधवप्रसाद घिमिरेले बिसं २०२४ सालतिर अर्थात आजभन्दा ५३ वर्ष अघि कोरेको ‘उनको प्रीति’ बोलको गीत नयाँ भर्सनमा आएको छ । २०६० सालमा पहिलोपटक रेकर्ड गरिएको गीतलाई संगीतकार नारायण रायमाझीले राष्ट्रकविको सम्झनामा केहि फरक शैलीमा तयार पारेर ल्याएका हुन् ।
गीत दिँदै गर्दा राष्ट्रकवि घिमिरेले नारायण रायमाझीलाई त्यतिबेला सोधेका थिए रे-‘प्रेम गरिन्छ, कि हुन्छ ?’ संगीतमा तपाईले दिने लोकधुन मलाई विशेष लाग्छ भन्दै आफुलाई घिमिरेले यो गीत दिएको रायमाझीले सम्झिए ।
पहिले जगदिश समाल र सपनाश्रीको स्वरमा रेकर्ड भएको यो गीत अहिले भने नेपाल आइडलबाट उदाएका नवगायक प्रविन वेडवाल र रचना रिमालको स्वरमा रेकर्ड गरिएको छ । गीतको भिडियो छायाँकन तथा सम्पादन मिराज अर्यालले गरेका हुन् भने संगीत संयोजन र मिक्सिङ क्रमशः बीबी अनुरागी र श्याम श्वेत रसाईलीको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण