बुटवलमा थप १ कोरोना संक्रमित महिलाको मृत्यु, एकैदिन मृत्यु हुनेको संख्या ४ पुग्यो
काठमाडौं । बितेको २४ घण्टामा रुपन्देहीमा रहेका विभिन्न अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रदेशिक अस्पताल, कोरोना विशेष अस्पताल बुटवल र भैरहवाको भीम अस्पतालमा उपचाररत ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत एक संक्रमित महिलाको मृत्यु भएको छ । बुटवल ११ की ७२ वर्षकी महिलाको सोमबार बेलुका साढे ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए । उनका अनुसार १० भदौमा अस्पतालमा भर्ना भएकी उनको ११ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार जारी थियो । सोमबारै बिहानै कपिलवस्तु शिवराज नगरपालिकाका २ जना र सिद्धार्थनगरका १ जना गरी ३ जनाको रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको थियो ।
भीम अस्पताल भैरहवामा उपचाररत कपिलवस्तुस्थित शिवराज नगरपालिका ५ का ५८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवलमा शिवराज ५ कै ४७ वर्षीया महिलाको मृत्यु भएको थियो । त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार सिद्धार्थनगर नगरपालिका ५ की ६४ वर्षीया महिलाको दिउँसो मृत्यु भएको छ ।
अस्पतालको फिभर क्लिनिकमा आएर पीसीआर जाँच गराएकी उनमा ज्वरो र स्वासप्रश्वासको समस्या देखिएको थियो । उनी अस्पताल आउँदा ज्वरोले सिकिस्त थिइन् । उनलाई अस्पतालमा भर्ना गरेर उपचार थालिएको केहीबेरमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए । उनको रिपोर्ट पोजेटिभ आएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण