सिरियाको हसाकामा अमेरिकी हेलिकप्टर दुर्घटनाग्रस्त
मङ्गलबार, ३० भदौ २०७७, २३ : २५
एजेन्सी । सिरियाको उत्तरपूर्वी प्रान्त हसाकामा मङ्गलबार संयुक्त राज्य अमेरिकाको एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको सिरियाली राज्य सञ्चालित समाचार संस्था, सानाले जनाएको छ । उक्त हेलिकप्टर हसाकाको उत्तरपूर्वी गाउँको ताल हदाद क्षेत्रमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । दुर्घटनाग्रस्त विमानलाई सेनाहरूले घेरा हालेकोले थप जानकारी प्राप्त भइनसकेको सानाले जनाएको छ ।
हेलिकोप्टरमा चालकदलका सदस्यबाहेक अन्य यात्रु भएनभएको पनिसमाचार तयार पार्दासम्म जानकारी दिइएको छैन । सिरियामा कुर्दको नेतृत्वमा रहेको सिरियाली प्रजातान्त्रिक बल (एसडीएफ) द्वारा नियन्त्रित हसाका प्रान्तलगायतका क्षेत्रहरूमा अमेरिकी नेतृत्वमा कैयौँ सैन्य शिविरहरू रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण