गाजापट्टीबाट इजरायली भूमिमा १५ वटा क्षेप्यास्त्र प्रहार
बुधबार, ३१ भदौ २०७७, २२ : ४३
तेलअभिभ । इजरायली सेनाले गएराति प्यालेस्टिनीहरुको बसोबास रहेको गाजापट्टीबाट इजरायलतर्फ १५ वटा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ । त्यसको जवाफमा सेनाले गाजा क्षेत्रमा रहेका हमासका लडाकूहरु लुकेर बसेका क्षेत्रलाई लक्षित गरी हवाई कारबाही गरिएको बताएको छ । इजरायली सेनाले हमासका हातहतियार निर्माण स्थल तथा सैनिक परिसरलाई ध्वस्त बनाएको दाबी गरेको छ ।
इजरायली सेनाको वक्तव्यमा भनिएको छ, “गाजा क्षेत्रमा रहेका आतंककारीहरुले गएराति इजरायलतर्फ १५ वटा क्षेप्यास्त्र प्रहार गरेका थिए । त्यसको बदलामा इजरायली हवाई फौजले गाजास्थित हमासका ठेगानाहरुमा फौजी कारबाही गरेको छ ।”
इजरायली सेनाले इजरायली भूमिलाई लक्षित गरी कुनै कारबाही भए त्यसको जवाफ दिन इजरायल सक्षम रहेको बताएको छ । यसअघि इजरायली सेनाले दक्षिणी इजरायलमा हवाई साइरन बजाएको जनाएको थियो । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण