कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १ जना पुरुषको मृत्यु भएको हो । आज मोरङमा ६४ वर्षीया, चितवनमा ३६ वर्षीया र कैलालीमा ५७ वर्षीया महिलाको मृत्यु भएको हो । काठमाडौंमा ८७ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै आजसम्म मृत्यु हुनेको संख्या ३ सय ८३ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार आज १२ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ६ सय ४१ पीसीआर परीक्षण भएकोमा आज ४ सय २८ महिला र ८ सय १८ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ५ सय ४, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा संक्रमण देखिएको छ । आजसम्म संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगको छ ।
आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४१ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ४ सय ३०, प्रदेश नम्बर २ मा ६ सय ८७, बागमती प्रदेशमा ४ हजार ५ सय ५४ र गण्डकी प्रदेशमा ७ सय ८८ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ सय १८, कर्णाली प्रदेशमा २ सय ४९ र सुदूरपश्चिम प्रदेशमा २ सय ७७ गरी देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ३ जना संक्रमित उपचाररत रहेका छन् ।
होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ७२, प्रदेश नम्बर २ मा १ हजार २ सय ८७, बागमती प्रदेशमा ४ हजार १ सय ८७ र गण्डकी प्रदेशमा १ सय ८२ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ६७, कर्णाली प्रदेशमा १ सय ३० र सुदूरपश्चिम प्रदेशमा ३ सय १३ गरी देशभर होम आइसोलेसनमा ८ हजार ३ सय ३८ जना रहेका छन । आज आइसियुमा १ सय ८३ र भेन्टिलेटरमा ३९ जना संक्रमित उपचाररत रहेका छन् ।
आज १२ सय ४३ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा ३ हजार ७ सय ७१, प्रदेश नम्बर २ मा ११ हजार ७ सय १७, बागमती प्रदेशमा ९ हजार ४ सय ११ र गण्डकी प्रदेशमा २ हजार ४ सय ६६ जना आजसम्म डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ८ सय ७१, कर्णाली प्रदेशमा २ हजार ६ सय ८ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ५ गरी देशभरी आजसम्म ४२ हजार ९ सय ४९ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण