इतिहासमा आज– सिक्किममा भूकम्प, नेपालसहित ५ देशमा क्षति
अंग्रेजी पात्रअनुसार आज १८ सेप्टेम्बर । सन् २०११ मा ताप्लेजुङस्थित कञ्चनजंगा हिमाल क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ९ रेक्टर स्केलको भूकम्पले नेपाल, भारत, बंगलादेश, चीन र भूटानमा ठूलो क्षति पु-याएको थियो । यस भूकम्पमा भारत र नेपाल गरेर कुल १ सय ११ जनाको मृत्यु भयो ।
उत्तरी भारत र नेपालको पूर्वी भागमा भूकम्पको असर सबैभन्दा धेरै प-यो । तर, काठमाडौंमा पनि ठूलै धक्का महसुस भयो, यहाँस्थित बेलायती दूतावासमा पर्खाल भत्कदाँ तीनजनाको मृत्यु भयो । त्यस्तै, धरानमा दुईजना तथा संखुवासभा र धनकुटामा एक–एक जनाले ज्यान गुमाए ।
भारतको सिक्किममा ६० जना, बिहारमा ७ जना र पश्चिम बंगालमा ६ जनाको ज्यान गयो । सिक्किमको राजधानी ग्यान्तोकका धेरै भवनहरु भत्किएका थिए । यस राज्यलाई बाँकी भारतसँग जोड्ने मुख्य सडक नै भत्कियो, खानेपानी र विद्युतको लाईनमा क्षति पुग्दा आपूर्ति बन्द भयो । बंगलादेश, भूटान र चीनको तिब्बतका विभिन्न क्षेत्रमा पनि भवनहरु क्षतिग्रस्त भए ।
यस भूकम्प लगत्तै ५ दशमलव ७, ५ दशमलव १ र ४ दशमलव ६ म्याग्नेच्युडका तीनवटा पराकम्प ३० मिनेटको फरकमा गएका थिए । काठमाडौँमा पनि दुईवटा पराकम्पको धम्का महसुस गरियो । तर, पराकम्पको खासै ठूलो असर भने रहेन । सिक्किमको ग्यान्तोकमा भने कम्तिमा २० वटा पराकम्पको धक्का रातभर महसुस भएको थियो । जसकारण, स्थानीयहरु निकै त्रस्त थिए । भारतको महाराष्ट्रमा पनि १९ सेप्टेम्बरमा पराकम्पको धक्का महसुस भयो, तर कुनै मानविय क्षती भएन ।
अन्य घटनाक्रम
– सन् १८०९ लण्डनमा रोयल ओपेरा हाउस खुला ।
– सन् १८५१ मा विश्वचर्चित पत्रिका द न्युर्योक टाइम्सको प्रकाशन आरम्भ
– सन् १९१९ हल्यान्डमा महलिाहरुलाई मतदानको अधिकार मिल्यो ।
– सन् १९६७ भारतको नागाल्यान्ड राज्यमा कामकाजी भाषाका रुपमा अंग्रेजीलाई मान्यता ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण