प्रहरी घेरा तोडेर ४ आरोपी फरार प्रकरणमा असई निलम्बित
काठमाडौं – कालिमाटी प्रहरीको घेरा तोडेर हत्कडीसहित चारजना आरोपी भागेको घटना छानविन गर्न प्रहरी सहायक निरिक्षक (असई)लाई निलम्बन गरिएको छ ।
आरोपी भागेको बेला ड्युटी अघिकृतको भुमिकामा रहेका प्रसनी विरेन्द्र राय यादवलाई निलम्बन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्र राठौरले रातोपाटीलाई बताए ।
शुक्रवार (२ असोज)को विहानीपख चोरी अभियोगमा पक्राउ गरिएका अनिल जैसवाल, सुजित गुप्ता, आशु जैसवाल र रविन्द्र जैसवाल हत्कडी सहित भागेका थिए ।
आरोपीलाई लगाएको एकथान हत्कडी प्रहरी वृत कालिमाटी नजिकैको विष्णुमती खोला किनारामा भेटिएको छ । कालिमाटी क्षेत्रका ‘खुँखार चोर’ भनेर चिनिएका उनीहरु हत्कडीसहित कसरी भागे भन्नेबारे प्रश्न उठेको छ ।
घटना छानविनका लागी महानगरीय प्रहरी कार्यालयका निर्देशनमा काठमाडौं प्रहरीले छानविन समिती बनाउने भएको छ । समिती गठन गरेर त्यसबारे छानविन गरिने महानगरीय प्रहरी कार्यालय रानिपोखरीका एक अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण