कारोबार सुरु नहुँदै नेप्से २३ अङ्कले बढाइयो
काठमाडौँ । कारोबार सुरु नहुँदै नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) २३ अङ्कले बढेको छ । प्रिओपनिङ सेसनमा हुने कारोबारको नाममा बजार परिसूचक एकैपटक २३ अङ्कले बढेर १ हजार ५ सय ९५ अङ्कबाट कारोबार सुरु भएको हो ।
बिहीबार बजार बन्द हुँदा बजार १ हजार ५ सय ७२ अङ्कमा रोकिएको थियो । दुई दिन बजार बन्द भएपछि आइतबार खुलेको बजारमा परिसूचक एकैपटक १ हजार ९ सय ९५ बाट सुरु भएको हो ।
नेपाल स्टक एक्सचेञ्जले बिहान १०ः३० देखि ११ बजेसम्म प्रिओपनिङ सेसनको नाममा कारोबार गर्दै आएको छ । यो अवधिमा अस्वाभाविक कारोबार गरेर शेयर बजारमा चलखेल गर्ने गरिएको छ । केही दिनअघि सोही सेसनमा ४४ अङ्क बढेर कारोबार गरिएको थियो । बजार बन्द हुँदा भने बजार परिसूचक घटेको थियो ।
त्यसो त बजार बन्द हुँदाको कारोबारभन्दा २० करोड रुपैयाँ बढी कारोबार भएको पाइएपछि नेप्सेले नै चलखेल गरेको आरोप समेत लगानीकर्ताहरुले लगाएका छन् । नेप्सेको चलखेल र कारोबार व्यवस्थापन प्रणाली (टीएमस) मा देखिएको समस्याबारे अर्थ मन्त्रालयले चासो व्यक्त गरे पनि नेप्से सुध्रिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
-
तीन महिनामा दोस्रो पटक भारतमा घरेलु एलपीजी ग्यासको मूल्यवृद्धि
-
मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण