ओखलढुंगामा खुल्न थाले विद्यालय
ओखलढुंगा । कोरोना कहरका कारण लामो समय थलिएका ओखलढुंगाका सामुदायिक विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । यस वर्षको शैक्षिक सत्र सुरु भएदेखि बन्द रहेका विद्यालयहरु जनस्वास्थ्य मापदण्डको पालना गर्दै सञ्चालनमा आउन थालेका हुन् ।
जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारीमा रहेको जालपा माध्यमिक विद्यालय सोमबार (आजबाट) सञ्चालनमा आएको छ । लामो समयदेखी विद्यालय बन्द हुँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित बनेको भन्दै जनस्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बिद्यालय सञ्चालन गरिएको विद्यालयका शिक्षक दिपक घिमिरेले जानकारी दिए ।
जालपा माध्यमिक विद्यालयले विद्यार्थी–विद्यार्थी बीचमा भौतिक दुरी कायम गराएर पठनपाठन सुरु गरेको छ । एउटा बेन्चमा दुईजना विद्यार्थी राखेर उनीहरु बीचमा करिब २ मिटरको दुरी कायम गराई माक्स अनिवार्य गराईएको शिक्षक घिमिरेले जानकारी दिए । उनले लामो समय विद्यालय बन्द हुँदा यसवर्षको शैक्षिक सत्र नै प्रभावित बनेको भन्दै अब विद्यालय सञ्चालन गर्नुपर्ने बताए ।
कोरोना संक्रमणको जोखिमका कारण लामो समय विद्यालय बन्द हुँदा सबैभन्दा बढी यसको मारमा विद्यार्थीहरु परेको भन्दै अब कोरोनसँग सावधानी अपनाएर बिद्यालय सञ्चालन गर्नुको विकल्प नभएको उनको भनाई छ । जिल्लाका अन्य केही स्थानिय तहहरुले पनि क्रमशः बिद्यालय सञ्चालन गर्ने नीति अगाडी सारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण