पहिरोले पुरिँदा २ जना बेपत्ता
मङ्गलबार, ०६ असोज २०७७, ०६ : ५३
गुल्मी – गुल्मी जिल्लाको इश्मा गाउँपालिका– २ स्थित रातचौर र स्याँलाबीचमा तम्घास रात डाँडाको सडक खण्डमा बाटो हिँडिरहेका दुई जना पहिरामा पुरिएर बेपत्ता भएका छन् ।
सोमबार राति करिब ८ः३० बजेतिर सडकमा हिँडिरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ५ वर्षीय सफल कुमाल बेपत्ता भएका हुन् ।
सडकमा हिँडिरहेका अर्का एक जनाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यायलय गुल्मीका प्रवक्ता डिएसपी केदारराज पन्तले जानकारी दिए । बेपत्ताको खोजी कार्य भइरहेको प्रवक्ता डिएसपी पन्तले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण