नेकपा सचिवालय बैठक : मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुँदै
मङ्गलबार, ०६ असोज २०७७, ०९ : २२
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार सचिवालय बैठक बस्दैछ ।बैठक सोमबार नै बस्ने भनिए पनि अन्तिम समयमा स्थगित भएको थियो ।
सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक मंगलबार दिउँसो १२: ३० बजे बस्ने गरी स्थगित भएको हो । आइतबारबाट सुरु भएको बैठकमा मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको छ ।
यो पनि
आइतबार पेरिसडाँडामा बैठक बसे पनि मंगलबारको बैठक बालुवाटारमा बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
हाम्रो पार्टी ने क पा को आज अपरान्ह १ बजे पेरिसडांडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२.३० बजे बालुवाटारमा बस्ने भएको छ ।
— NKShresthaPrakash (@nksthaprakash) September 21, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रान्सजेन्डर महिलाको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने
-
बुढानीलकण्ठ चिनाउन ‘प्रधानाध्यापकसँग पदयात्रा’
-
मुख्य सचिव अर्यालको टोली छिन्नमस्तामा
-
वीरगञ्ज महानगरले अनधिकृत सटर भत्कायो
-
अहिले गृहमन्त्री लामिछानेको ठगी प्रकरणबारे मात्रै छानबिन समिति बनाउनुपर्छ ः भीमसेनदास प्रधान
-
अफगानिस्तानमा आएको आँधी र बाढीका कारण ७० जनाको मृत्यु