कोरोनाबारे अमेरिकी राष्ट्रपति ट्रम्पले दिए फेरि अर्को विवादास्पद अभिव्यक्ति
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक कोरोना भाइरसबारेको अभिव्यक्तिले विवादमा तानिएका छन् । सोमबार राती चुनावी र्यालीका दौरानमा ट्रम्पले कोरोना भाइरसले जेष्ठ नागरिकलाई असर गरेपनि युवालाई केही नहुने झुठो दाबी गरेका थिए । ‘१८ वर्ष मुनिका झन्डै कोही पनि व्यक्तिलाई यसले कुनै असर गर्दैन । हृदयघात तथा अन्य रोग भएका वृद्धवृद्धा यसको प्रमुख जोखिममा हुन्छन्,’ र्यालीमा उनले भने ।
यसअघि १९ मार्चमा वासिङटन पोस्टका एशोसियट एडिटर बब उडवार्डसँगको अन्तर्वार्ताका दौरान ट्रम्पले धेरै युवाहरु कोरोनाबाट प्रभावित भएको बताएका थिए । यसक्रममा उनले भाइरसको जोखिमलाई आफुले कम आँकेको पनि स्वीकारेका थिए ।
ट्रम्पले कोरोनाबारे सुरुदेखि नै विवादास्पद अभिव्यक्तिहरु दिँदै आएका छन् । उनले सुरुवातमा यस भाइरसलाई ‘चाइना भाइरस’ भन्ने गरेका थिए । जसकारण,चीनसँगको अमेरिकाको सम्बन्ध थप बिग्रियो । त्यस्तै, उनले लामो समयसम्म मास्क लगाउन समेत अस्वीकार गर्दै आएका थिए ।
कोरोना भाइरसको खोपका विषयमा पनि अमेरिकाका विज्ञहरुसँग ट्रम्पको मत बाझिएको छ । ट्रम्पले ३ नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचन अगावै खोप बजारमा आइसक्ने बाचा गरेका छन् । यद्यपि, विज्ञहरु त्यस समयसम्म खोप तयार हुनै नसक्ने तर्क गरिरहेका छन् । महामारीलाई राम्ररी नियन्त्रण गर्न नसकेको आरोप पनि ट्रम्प प्रशासनमाथि लाग्ने गरेको छ । विश्वमा कोरोनाबाट सर्वाधिक प्रभावित देशको सूचिमा अमेरिका पहिलो नम्बरमा छ ।
यहाँ ७० लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । २ लाख ५ हजार ५ सय ६ जनाको कोरोनाकै कारण ज्यान गइसकेको छ । अमेरिकामा अहिलेसम्म ४२ लाख ९९ हजार ५ सय २५ जना कोरोनाबाट निको भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण