करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु
बुधबार, ०७ असोज २०७७, १३ : १५
कैलाली । खेतमा खुल्ला छोडिएको बिद्युतीय तारबाट करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गौरीगंगा नगरपालिका १० बस्ने वर्ष २९ का रघुवीरसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
रातको समयमा सोही ठाउँ बस्ने नन्दराम ठगुन्नाको खेतबारीमा खुल्ला छोडिएको विद्युतको तारमा करेन्ट लागेर गएराती उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले रातोपाटी लाई जानकारी दिए ।
मृतकसँगै अन्य ४ जना रहेको र घटनाको थप अनुसन्धान गर्न उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण