विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर कामदारको ज्यान गयो
ओखलढुगा । ओखलढुंगामा विद्युत लाईन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ जिल्लाको सिद्धिचरण नगरपालिका १२ भँडारे सिमलडाँडामा विद्युत लाईन मर्मत गर्ने क्रममा करेन्ट मोलुङ गाउँपालिका १ कुन्तादेवीका २८ वर्षीय परनेश खत्रीको ज्यान गएको हो । उनी मोलुङ खोला हाईड्रो पावरमा सुपरभाईजरका रुपमा काम गर्दै आएका थिए ।
बुधबार बिहान करिब १०ः४५ बजेको समयमा बिद्युत लाईन कट गरेर बिद्युतको पोलमा चढेका उनको पोलमै झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुग्दा खत्रीको विद्युतको पोलमै ज्यान गएको पाइएको ओखलढुंगा प्रहरी निरिक्षक मिलन बस्नेतले जनाकारी दिए ।
विद्युत मर्मतका लागी पोलमा चढेर जम्पर छुट्टाउने क्रममा करेन्ट सर्ट भई उनलाई लागेको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक खत्रीको शव पोलमै झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण