बुटवलको कोरोना अस्पतालमा थप एक महिलाको मृत्यु
बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा आज साँझ थप एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलस्थित कारोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले रातोपाटीलाई बताए । उपचारको क्रममा कपिलवस्तुको बनगाइकी ७० वर्षीया वृद्धाको बिहीबार साँझ मृत्यु भएको हो ।
उनी असोज ५ गते अस्पताल भर्ना भएकी थिइन् । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको भएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । आज बिहान पनि भेन्टिलेटरमा रहेका दुई जनाको मृत्यु उक्त अस्पतालमा मृत्यु भएको थियो । डा.गौतमकाअनुसार हालसम्म अस्पतालमा २२ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।
बिहीबार बिहानै नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुष र कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी गौतमले जानकारी दिए । रामग्रामका संक्रमित कलेजो र मिर्गौलाका तथा कपिलवस्तुका संक्रमित मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेकोले भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण