धादिङको खत्रिपौवामा पहिरो, काठमाडौं आवतजावत गर्ने गाडी रोकिए
शुक्रबार, ०९ असोज २०७७, ०७ : ३८
काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका स्थित खत्रिपौवामा पहिरो खसेको छ । शुक्रवार विहान धुनिवेशी–९ खत्रिपौवा स्थित राजमार्गमा पहिरो खसेपछि काठमाडौं आवत–जावत गर्ने सवारी रोकिएका छन् ।
स्काभेटरको सहायताको पहिरो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
दुईदिन देखी लगातारको वर्षाले राजमार्गमा पहिरोको जोखिम बढेको छ । धादिङ र चितवनको सिमानामा पर्ने पृथ्वी राजगमार्गका बिहीबार पनि धेरै ठाउँमा पहिरो खसेको थियो । पहिरोका कारण कतिपय ठाउँमा एकतर्फी मात्रै सवारी चलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण