पाल्पा पहिरो : बेपत्ता पाँच जनामध्ये २ महिलाको शव भेटियो
डोलबहादुर विक
पाल्पा । पाल्पामा पहिरोले घर बगाउदा बेपत्ता भएका ५ जना मध्ये शुक्रबार दिउँसो २ महिलाको शब फेला परेको छ ।
रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा बिहिबार बिहान पहिरोले घर पुरिदा ५ जना बेपत्ता भएका थिए । पहिरोमा परि ६३ वर्षीया हुम बहादुर गाहा, उनका श्रीमती ४७ वर्षीया धनी सरा, छोरी १६ वर्षीया कृष्णामाया गाहा, १४ वर्षीया नातिनी खुमिसरा आले र ७ वर्षीया नातिनी लक्ष्मी गाहा बेपत्ता भएका थिए ।
बेपत्तामध्ये आज दिउँसो दुई महिलाको शब भेटिएको सशस्त्र प्रहरी बल पाल्पाका प्रमुख अरुण सिंहले जानकारी दिए ।
बिहीबार निरन्तर झरी र पहिरो जाने क्रम नरोकिएपछि आज विहानबाट मात्रै बेपत्ताहरुको खोजी कार्य शुरु भएको हो । सुरक्षा निकाय, स्थानीयको सहयोगमा अहिले पनि बेपत्ताहरुको खोजी भैरहेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । बिहीबार नै पहिरोले घर पुरिदा सोही वडाकी २७ वर्षीया मोतीसरा गाहाको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण