बुटवलको कोरोना विशेष अस्पतालमा थप एक पुरुषको मृत्यु
शुक्रबार, ०९ असोज २०७७, १७ : २०
बुटवलको कोरोना अस्पतालमा थप एक जना कोरानासंक्रमित पुरुष मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१० का ७२ वर्षीय पुरुषको साँझ ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।
उनी आज बिहान मात्रै लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । लामो समयदेखी मिर्गौलाको समस्याबाट पीडित पुरुषको उपचार गर्दा गर्दै आज दिउँसो मृत्यु भएको हो ।
उनको मृत्युसँगै कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण