घरमा कमिलाले हैरान गर्यो ? चिनी र महको यो सम्मिश्रणले गर्नेछ तपाईंको समस्या समाधान
घरमित्र आउने किरा फ्टयाङ्ग्रा कसैलाई पनि मन पर्दैन । यसबाट छुटकारा पाउनका लागि प्रयोग गरिने औषधी निकै महँगो साबित हुनसक्छ । एक व्यक्तिको घरमा कमिलाले सताएपछि उनले कमिलाबाट छुटकारा पाउनका लागि घरेलु उपाय अपनाए ।
सोसल साइटमा एक नाम नखुलाइएका व्यक्तिले कमिलाबाट छुटकारा पाउनका लागि जुन तरिका सेयर गरे त्यसले धेरै मानिसहरुलाई अचम्ममा पार्यो । केही घरेलु सामानको प्रयोग गरेरै उनले कमिलाबाट छुटकारा पाए । यी व्यक्तिले कमिलाबाट बच्नका लागि चीनी र महको प्रयोग गरे । यी सजिलो उपायपछि उनको घरबाट कमिला सधैंका लागि गायब नै भयो ।
यसरी तयार गरे घरेलु उपायः
आफ्नो घरेलु उपायमा यी व्यक्तिले चिनी र महको प्रयोग गरेका थिए । सबैभन्दा पहिले उनले पानी उमाले । त्यसपछि उम्लिएको पानीमा ६ चम्चा चिनी हाले । त्यसपछि उनले चिनी पानीको घोलमा बोरेक्स हाले । बोरेक्स किरा मार्नका लागि प्रयोग हुने साधारण डिसइन्फेक्टेड हो । यो निकै सजिलै हरेक स्टोरमा पाइन्छ । यो निकै सस्तो हुने भएकाले यसलाई सहज खरिद गर्न सकिन्छ । अन्त्यमा यो घोललाई स्प्रे बोतलमा हाल्नुभन्दा पहिले यसमा ती व्यक्तिले मह मिसाए र पूरा घोललाई घरको ढोकामा स्प्रे गरिदिए ।


यसरी गर्दछ कामः
यी व्यक्तिले बनाएको घोलमा भएको चिनी र महले कमिलालाई आकिर्षत गर्दछ तर यसमा भएको बोरेक्सले कमिलालाई मार्ने काम गर्दछ । जब कमिला चिनी र महसँग आकर्षित भएर घोल पिउँछन् त्यसमा भएको बोरेक्सले ती कमिला मर्ने गर्दछन् ।
मानिसहरुले रुचाए यो तरिकाः
मानिसहरुलाई यो तरिका निकै मन पर्यो । यो सजिलो र सस्तो उपाय अपनाएर तपाईं पनि कमिलालाई आफ्नो घरबाट भगाउन सक्नुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले इरान युद्धबारे सकारात्मक खबर सुनाएसँगै तेलको मूल्य घट्यो
-
केन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयन
-
मखाना खानु अघि सोच्नै पर्छ यी मानिसले
-
सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ ५ कार्यसूची
-
नेपाली कांग्रेसद्वारा विदेशस्थित जनसम्पर्क समितिलाई क्रियाशील सदस्यता अद्यावधिकमा जुट्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण