सिंगो गाउँ नै पहिरोको जोखिममा, २६ घर भत्कियो
अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ को कोठिया मैदान भासिएपछि गाउँले त्रासमा छन्।
कोठिया मैदानमा जमिन धुजाधुजा भएर भासिएपछि ४० घरपरिवार रहेको सिंगो गाउँनै पहिरोको जोखिममा परेको शितगंगा नगरपालिका–१२ का वडा अध्यक्ष बाबुराम गैरे बताए। उनका अनुसार अहिलेसम्म २६ घर भत्किएका छन्। अन्य १४ घर पहिरोको उच्च जोखिममा छन्।
पहिरोले मानवीय क्षती नगरे पनि घर बगाएको छ। घरमा पालेका भैँसी, गाई, गोरु, बाख्राको बिचल्ली भएको छ। घरमा बचेका सामान स्थानीय बासिन्दा, प्रहरी, नेपाली सेनाले निकालेको छ।
गाउँले कहाँ बस्ने भन्ने चिन्तामा रहेको शितगंगा नगरपालिकाका नगर प्रमुख सूर्यप्रसाद अधिकारी बताउँछन्। सबै परिवारलाई तत्काल स्थानीयको घरमा र कोठिया मैदानको चौरमा बस्ने व्यवस्था मिलाइएको उनको भनाइ छ।
पहिरो खस्ने क्रम अहिलेसम्म रोकिएको छैन्। पहिरो बढ्दै जाँदा बस्ती सार्नुको विकल्प नभएको राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का बताउँछन्। सबै घरधुरीलाई रेडक्रस अर्घाखाँचीले टेन्टसहितका एकसेट राहत सामग्री प्रदान गरेको नेपाल रेडक्रसा सोसाइटीका जिल्ला अध्यक्ष कुशल भुसालले जानकारी दिए।
जनप्रतिनिधि र सरोकारवालासँगको छलफलपछि जिल्ला दैविक प्रकोप उद्धार समितिले बस्ती कहाँ राख्ने भन्ने निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रेमनारायण आचार्यले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण