फिल्म ‘बेरोजगारी पीडा’ सार्वजनिक
आइतबार, ११ असोज २०७७, १५ : २५
काठमाडौं । गान्धिभ प्रोडक्सन र एल.एण्ड.एन.मोडल एजेन्सीले निर्माण गरेको छोटो फिल्म ‘बेरोजगारी पीडा’ सार्वजनिक भएको छ । कोरोनाको कहरका कारण समाजमा देखिएको बेरोजगारी समस्या फिल्मले देखाउन खोजेको छ ।
फिल्म रोमियो एन के (नितिन)ले निर्देशन गरेका हुन् । फिल्ममा गान्धिभ सुवेदी, मनिषा लकान्द्री, नुर भण्डारी, निशा कार्की, रेणु थापा ,रोमियो एन.के बाल कलाकारको रुपमा लक्क्ष कर्ण रहेका छन् ।
फिल्मको छायाँकन तथा सम्पादन दीपक अधिकारीले गरेका हुन् । फिल्म सामाजिक दुरी कायम गर्दै ग्वार्को इमाडोलस्थित आगन पार्टी भेन्यु एण्ड रेस्टुरेन्ट साथै आसपासका क्षेत्रमा छायाँकन गरिएको छ ।