बलात्कार मुद्दा ‘१२ लाख’मा मिलाउन खोज्ने पक्राउ
काठमाडौं । सामूहिक बलात्कार घटना आर्थिक लेनदेनमा मिलाउन प्रयास गरेपछि बलात्कारमा संलग्न आरोपीका बुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धुनषाधाम नगरपालिका–२ का ५५ वर्षीय सत्यनारायण यादव छन् ।
भदौ १ मा धनुषाको धनुषाधाम नगरपालिका–२ धरमपुरस्थित सुकन यादवको धानखेतमा १२ बर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । किशारीलाई चारजना केटाले बलात्कार गरे । बलात्कारमा संलग्न धुनषाधाम–२ धरमपुरका १९ वर्षीय विजयकुमार यादव र २० वर्षीय प्रतापसिंह अदालतको आदेशले पुर्पक्षका लागी सिन्धुली कारागारमा छन् । तर, बलात्कारमा संलग्न फरार आरोपी २६ वर्षीय श्यामसुन्दर यादव उर्फ बन्ठाका बावु सत्यनारायण यादवले पीडित परिवारलाई ‘१२ लाख’ मा मिलापत्र गर्न दवाव दिए ।
गाउँमा छलफल गरेर ‘बलात्कार मिलापत्र’ गरेको प्रचार गरेपछि सत्यनारायण यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले रातोपाटीलाई बताए । धनुषाधाम नगरपालिका–२ धरमपुरका ५५ वर्षीय यादवलाई प्रहरीले शनिवार पक्रेर ‘शान्ति विरुद्धको कसुर’ मा मुद्धा दर्ता गरेको छ । नौसयस्थित दिदीको घरबाट दुईजना गाउँले दाईसँग आफ्ने घर फर्कंदै गरेको अवस्थामा श्यामसुन्दर यादव उर्फ बन्ठाको समूहले दाईहरुलाई कुटेर किशोरीलाई सामूहिक रुपमा बलात्कार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण