फेरि खुल्यो लोकसेवा, लिखित परीक्षा सम्बन्धी सूचना हेर्नुहोस्
बुधबार, १४ असोज २०७७, ११ : २२
काठमाडौं । लोकसेवा आयोगले कोरोनाभाइरस (कोभिड–१९) का कारण स्थगित भएको परीक्षा पुनः संचालन गर्ने निर्णय गरेको छ । जसअनुसार आयोगले बुधबार एक सूचना जारी गर्दै शाखा अधिकृत र नायव सुब्बा पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
आयोगको सूचनाअनुसार शाखा अधिकृतको हुन बाँकी विभिन्न पत्र र विषयको परीक्षा कात्तिक १८ देखि २७ गतेसम्म हुनेछ । यस्तै सुब्बा पदको द्धितीय र तृतीय पत्रको परीक्षा मंसिर ७ देखि १२ गतेसम्म हुनेछ ।
यसैबीच आयोगले सहसचिव पदको परीक्षा कार्यक्रम सार्वजनिक गरेको छ भने स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको अन्तर्वार्ता कार्यक्रम पनि तय गरेको छ ।
आयोगले कोभिड –१९ का कारणले गत चैत ११ गतेदेखि यताका सबै लिखित परीक्षा स्थगन गरेको थियो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी
-
रास्वपा टाल्ने ‘सुपर–ग्लु’ नबनोस् चितवन महाधिवेशन
-
कक्षा १२ को नतिजा छिटो ल्याउन उत्तरपुस्तिका जाँचमा हतार गरिएको होइन : शिक्षामन्त्री
-
आर्थिक रूपान्तरणका लागि कृषि नै मुख्य आधार : शिक्षामन्त्री पोखरेल
-
उदयपुरमा १७ केजी गाँजासहित एक जना पक्राउ
-
श्रमिकको स्वर्ण युग : तीन महिना काम, बाँकी समय आराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
