फेरि खुल्यो लोकसेवा, लिखित परीक्षा सम्बन्धी सूचना हेर्नुहोस्
बुधबार, १४ असोज २०७७, ११ : २२

काठमाडौं । लोकसेवा आयोगले कोरोनाभाइरस (कोभिड–१९) का कारण स्थगित भएको परीक्षा पुनः संचालन गर्ने निर्णय गरेको छ । जसअनुसार आयोगले बुधबार एक सूचना जारी गर्दै शाखा अधिकृत र नायव सुब्बा पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
आयोगको सूचनाअनुसार शाखा अधिकृतको हुन बाँकी विभिन्न पत्र र विषयको परीक्षा कात्तिक १८ देखि २७ गतेसम्म हुनेछ । यस्तै सुब्बा पदको द्धितीय र तृतीय पत्रको परीक्षा मंसिर ७ देखि १२ गतेसम्म हुनेछ ।
यसैबीच आयोगले सहसचिव पदको परीक्षा कार्यक्रम सार्वजनिक गरेको छ भने स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको अन्तर्वार्ता कार्यक्रम पनि तय गरेको छ ।
आयोगले कोभिड –१९ का कारणले गत चैत ११ गतेदेखि यताका सबै लिखित परीक्षा स्थगन गरेको थियो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखन कर्म : किन, के र कसरी ?
-
पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा
-
नागढुंगा–नौबिसे सडकखण्ड बन्द गरेर यसरी हुँदै छ निर्माण कार्य
-
जुम्लाका दुई स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषित
-
१० महिनामा ३५ अर्ब ५३ करोडको धान चामल आयात
-
मधेस प्रदेश सरकार पनि पालो पालो नेतृत्व गर्ने समझदारी छ : गृहमन्त्री लेखक