क्यानडालाई झट्का, स्टार मिडफिल्डर विश्वकपबाट बाहिरिए
सारांश
- क्यानडाका मिडफिल्डर इस्माएल कोनेको देब्रे खुट्टाको शल्यक्रिया सफल भएको छ।
- गम्भीर चोटका कारण कोने फिफा विश्वकप २०२६ का बाँकी खेलहरू गुमाउने भएका छन्।
- कतारका खेलाडी आसिम मादिबोको ट्याकलका कारण कोने घाइते भएका थिए र उनलाई रातो कार्ड दिइएको थियो।
टोरन्टो । कतारविरुद्ध बिहीबार भएको खेलका क्रममा देब्रे खुट्टामा गम्भीर चोट लागेका क्यानडाका मिडफिल्डर इस्माएल कोनेको सफल शल्यक्रिया गरिएको छ। क्यानडा सकरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोनेको खुट्टाको शल्यक्रिया सफल भएको र उनी पूर्ण रूपमा निको हुने अपेक्षा गरिएको जनाएको हो।
तर यस गम्भीर चोटका कारण उनले फिफा विश्वकप २०२६ का बाँकी खेलहरू भने गुमाउने भएका छन्। क्यानडाले कतारलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको भ्यानकुभरमै कोनेको शल्यक्रिया गरिएको हो।
समूह ‘बी’ अन्तर्गतको खेलको ५१औं मिनेटमा कतारका मिडफिल्डर आसिम मादिबोले ट्याकल गर्ने प्रयास गर्दा उनको दाहिने खुट्टा कोनेको खुट्टामा बजारिएपछि कोने मैदानमा ढलेका थिए। कोने निकै पीडामा देखिएपछि प्रशिक्षक र चिकित्सकहरू तुरुन्तै मैदान भित्र पसेका थिए र केही बेरमै उनलाई स्ट्रेचरमा राखेर बाहिर लगिएको थियो।
प्रशिक्षक जेसी मार्सले शुक्रबार पत्रकार सम्मेलनमा अस्पतालको वातावरणबारे जानकारी दिँदै आफूहरू पुग्दा कोनेलाई पीडा कम गर्ने औषधि दिइ सकिएको र शल्यक्रियाको तयारी भइरहेको बताएका थिए। उनले भने, ‘कोने निकै उच्च मनोबलमा थिए र आफू चाँडै ठीक हुनेमा दृढ देखिन्थे।’
झण्डै डेढ घण्टा चलेको उक्त शल्यक्रियामा तीन जना वरिष्ठ सर्जनहरू संलग्न थिए। खेलको भिडियो हेरेर चोटको गम्भीरता बुझिसकेका वरिष्ठ डाक्टरहरू तुरुन्तै अस्पताल पुगेर तयारी अवस्थामा बसेका थिए। क्यानडाको मेडिकल टोलीसँगको सल्लाहपछि शल्यक्रियाको निर्णय लिइएको र डाक्टरहरूका अनुसार शल्यक्रिया निकै सफल भएको मार्सले जानकारी दिए।
उक्त खराब ट्याकलका कारण भिडियो असिस्टेन्ट रेफ्रीको समीक्षापछि कतारी खेलाडी मादिबोलाई रातो कार्ड देखाइएको थियो। यो कतारका लागि खेलको दोस्रो रातो कार्ड थियो, जसका कारण कतारी टोली ९ खेलाडीमा सीमित हुन पुग्यो।

मादिबोले पछि कोनेसँग माफीसमेत मागेका छन्। घाइते कोनेको स्थानमा मैदान प्रवेश गरेका नाथन सलिबाले क्यानडाका लागि चौथो गोल गरेपछि कोनेको जर्सी नम्बर ८ अङ्कित जर्सी हातमा समातेर दर्शकदीर्घातर्फ देखाउँदै खुसीयाली मनाएका थिए। क्यानडाले अब आगामी बुधबार भ्यानकुभरमा स्विट्जरल्याण्डको सामना गर्नेछ, जहाँ दुवै टोलीको दुई खेलबाट समान ४ अंक छ। यो तेस्रो खेलले समूह ‘बी’ को विजेताको टुङ्गो लगाउनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक हुने
-
‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’
-
बास्तोला कम्प्लेक्सको संरचनामा पोखरा महागरले चलायो डोजर (तस्बिरहरू)
-
बिदा हुन लागेको केन्द्रीय समितिलाई सभापति लामिछानेको भावुक सम्बोधन
-
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे
-
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा काठमाडौँमा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण