उदयपुरमा १७ केजी गाँजासहित एक जना पक्राउ
सारांश
- उदयपुरको कटारीमा प्रहरीले १७ किलोग्रामभन्दा बढी लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
- शङ्का लागेर रोक्न खोज्दा मोटरसाइकल चालकले भागेपछि पछाडि सवार व्यक्ति १७.०४० केजी गाँजासहित पक्राउ परेका हुन्।
- प्रहरीले फरार मोटरसाइकल चालकको खोजी तीव्र पारेको छ र पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ।
उदयपुर । उदयपुरको कटारीमा १७ किलोग्रामभन्दा बढी लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार बिहान कटारी नगरपालिका वडा नं.६ स्थित बैनाज पुल भित्री सडक खण्डमा प्रहरी चौकी रिस्कुबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
उदयपुरगढीबाट कटारीतर्फ आउँदै गरेको नम्बर नखुलेको एक मोटरसाइकललाई शङ्का लागेर प्रहरीले रोक्न खोज्दा चालकले गाडी नरोकी भगाएका थिए । सोही क्रममा मोटरसाइकलको पछाडि सवार उदयपुरगढी वडा नं. ६ बाउनटार घर भई हाल कटारी–४ सिम्ले बस्ने ३० वर्षीय नरबहादुर पुलामी मगर मोटरसाइकलबाट लडेका थिए। उनलाई गुडिरहेको गाडीबाट लडेकै अवस्थामा साथमा रहेको १७.०४० केजी गाँजासहित प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको हो।
प्रहरीलाई देखेपछि मोटरसाइकलसहित फरार भएका चालकको खोजी कार्य तीव्र पारिएको छ। पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय कटारी उदयपुरको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
-
थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
-
चुरे बस्तीमा बाघ आतङ्क
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण