गैरआवासीय नेपाली संघ अमेरिकाको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न
विजय थापा
बाल्टिमोर । गैरआवासीय नेपाली संघ (एनआरएन अमेरिका) को नवनिर्वाचित राष्ट्रिय समन्वय समितिका पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न भएको छ ।
अमेरिका भर रहेका राज्यमा खुलेका शाखाहरुका पदाधिकारी र समितिका निर्देशकहरुलाई प्रमुख निर्वाचन आयुक्त अधिवक्ता बन्दिता शर्मा दाहालले संयुक्त रुपमा पदभार र गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले लगायत अन्य पदाधिकारी, राजदुत अर्जुन कुमार कार्की तथा अन्य विशिष्ट व्यक्तिहरुलाई साक्षी मान्दै सपथ ग्रहण गरेका छन् ।
नव निर्वाचित सवै पदाधिकारीहरुलाई प्रमुख अतिथि अर्जुन कुमार कार्की ,अध्यक्ष शेष घले लगायत अन्यले प्रमाण पत्र बितरण गरेका थिए ।
एनआरएन अमेरिकाको अध्यक्षमा पुनः दोश्रो पटक चिकित्सक केशब पौडेल निर्वाचित को साथै २२६ उम्मेदवारहरु मध्ये ४८ जना मतदानबाट बिजयी, १०७ जना निर्विरोध निर्वाचित भएका थिए । सपथ ग्रहण कार्यक्रम संचालन गैर आवासीय नेपाली संघ अमेरिकाका पूर्व वरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारीले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण