मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कुमारी बैंकको मार्जिन लेन्डिङ्ग कर्जा योजनाः ‘कर्जा लिई शेयर किनौं छिटो, किनेपछि सोही शेयर राखौं धितो’

बिहीबार, १५ असोज २०७७, १६ : ४०
बिहीबार, १५ असोज २०७७

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल धितोपत्र विनिमय बजारमा कारोवार हुने शेयर खरिदका लागि सस्तो व्याजदरमा कुमारी मार्जिन लेन्डिङ्ग योजना सार्वजनिक गरेको छ । 

यस योजनाअन्तर्गत शेयर किन्नुअघि कुनै धितो आवश्यक नपर्ने, कर्जा लिई किनिएको शेयर खरिद पश्चात् सोही शेयर धितोमा रहने प्रावधान रहेको छ । साथै, यस कर्जामार्फत शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ब्रोकरमार्फत बैंकमा सम्पर्क गरी कर्जा स्वीकृत गराउन सकिनेछ । 

उक्त कर्जा योजना हालसम्मकै निकै आकर्षक तथा उपयोगी रहेको बैंकले जनाएको छ । हाल बजारमा प्रवाह हुने शेयर कर्जाहरुमा शेयर खरिद गर्नुअघि नै धितो आवश्यक रहने गरेको छ । शेयर बजारमा लगानी गर्न चाहने तर अर्थको अभावले लगानीबाट वञ्चित सर्वसाधारणहरुलाई मध्यनजर गर्दै उक्त कर्जा सुविधा ल्याइएको बैंकले जनाएको छ । 

साथै, कोभिड १९ को यस विषम परिस्थितिमा सीमीत भएको लगानी योग्य क्षेत्र र सोही परिस्थितिमा आकर्षक बनेको शेयर बजारलाई मध्यनजर गर्दै, उक्त कर्जा योजना ल्याइएकोे बैंकले जनाएको छ । ७० वर्षसम्म उमेर पुगेकाले उक्त कर्जा योजनाको लाभ उठाउन सक्ने छन् र उचित परामर्श, न्यूनतम प्रोसेसिङ्ग फी एवं ७२ घण्टामै कर्जा प्रवाह हुने जस्ता आकर्षक सुविधाहरु दिइने बैंकका पधादिकारीले जनाएका छन् ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप