राहुल र प्रियंकासहित २०३ जनाविरुद्ध मुद्दा दायर
एजेन्सी । भारतको युपी प्रहरीले कांग्रेस नेताद्वय राहुल गान्धी र प्रियंका गान्धी लगायत २०३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । पुलिसले उनीहरुविरुद्ध महामारी ऐन अन्तर्गत मुद्धा दर्ता गरेको हो । नेता र कार्यकर्ताहरुविरुद्ध पुलिसले संविधानको धारा २७०(संक्रमण फैलिने सम्भावनाका बीचमा जानीजानी घातक क्रियाकलाप गरेको), धारा १८८ अन्तर्गत( सरकारी आदेशको उल्लंघन) र महामारी ऐन अन्तर्गत मुद्धा चलाइएको हो ।
उत्तर प्रदेशको हाथरसमा भएको सामूहिक बलात्कार काण्डका पीडित परिवारलाई भेट्न जाँदै गर्दा राहुल र प्रियंकालाई प्रहरीले रोक्न खोज्दा भएको झडपमा उनीहरु गिरफ्तार भएका थिए । सो झडपमा नेता राहुल जमिनमा ढल्न समेत पुगेका थिए । झडपमा अन्य कार्यकर्ताहरु समेत घाइते भएका थिए । नोएडा एक्सप्रेसवेमा भएको झडपपछि प्रहरीले कांगेस नेता र कार्यकर्ताले कोरोना महामारी चलिरहेका बेला राज्यको नियम उल्लंघन गरेको आरोप लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण