बबरमहलमा बब्लुलाई कुट्दा प्रहरीको त्रुटि देखियो, अधिकृतलाई कारवाहीको सिफारिस
काठमाडौं । शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुँदा काठमाडौंको बवरमहल र बिजुलीबजारमा भएको कुटपिटमा संलग्न प्रहरी कर्मचारीको त्रुटि देखिएको छ ।
कुलमान घिसिङलाई पुनर्नियुक्तिको माग गर्दै प्रदर्शनमा सहभागी बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि अनावश्यक बल प्रयोग गरेको प्रहरीको छानविन प्रतिवेदनको निष्कर्ष छ ।
घटना छानविन गर्न महानगरीय प्रहरी कार्यालयले एसएसपी किरण बज्रचार्यको नेतृत्वमा छानविन समिति बनाएको थियो ।
समितिले शुक्रवार महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेललाई छानविन प्रतिवेदन बुझाएको छ ।
असोज १ मा बवरमहलमा बब्लुमाथि इन्सपेक्टर केशर न्यौपाने नेतृत्वको टोलीले निर्घात कुटेका थिए ।
हन्ड्रेड्स (१००) ग्रुपमार्फत बब्लुले निशुल्क कपडा र रत्नपार्कमा खाद्यान्न वितरण गर्दै आएका छन् । शरीरमा एकसरो कपडा नहुनेहरुका लागि उनले ‘कपडा बैङ्क’ को शुरुवात गरेका छन् ।
असोज २ मा बिजुलीबजारमा मनिष श्रेष्ठलाई प्रहरीले रक्ताम्मे हुनेगरी कुटेको थियो ।
छानविन समितिले घटनामा प्रहरीको त्रुटि देखिएको निष्कर्ष निकाल्दै कुटपिटमा सहभागी ‘इन्सपेक्टर सहित दुई जनालाई सजाय गर्नुपर्ने देखिएको’ भन्ने व्यहोराको प्रतिवेदन बुझाएको छ ।
‘छानविन समितिले सुझाव प्रतिवेदन दिएको छ’ महानगरीय प्रहरी कार्यालयका डिआईजी विश्वराज पोखरेलले रातोपाटीसँग भने– ‘प्रतिवेदनको आधारमा दोषी देखिएका प्रहरी कर्मचारीलाई कारवाही गर्छौ ।’
समितिले २ जनालाई कारवाहीको सिफारिस गर्दै अन्यलाई रिफ्रेशर तालिम र भिड नियन्त्रण तालिम दिनुपर्ने आवश्यकता औंल्याएको छ । बिजुलीबजारमा कुटिएका मनिषलाई प्रहरी जवानले कुटेको देखिएको छ ।
बब्लुलाई सिनियर प्रहरी अधिकृतले कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै प्रहरी प्रधान कार्यालयको निर्देशनमा महानगरीय प्रहरी कार्यालयले सो घटनाबारे छानविन गरेको थियो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण