शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

प्रदेश राजधानी विवाद : काँग्रेसद्वारा रुपन्देहीको बन्दको घोषणा

शनिबार, १७ असोज २०७७, १५ : ३७
शनिबार, १७ असोज २०७७

बुटवल । सरकारले प्रदेशसभामा स्थायी राजधानी दाडको देउखुरीमा नाउने प्रस्ताव लगेपछि त्यसको विरोधमा नेपाली काग्रेसले आन्दोनको घोषणा गरेको छ । आज बुटवलका नेपाली काग्रेस र  बुटवलमा  क्रियाशिल संघ संस्थाका प्रतिनिधीको भेलापछि आन्दोलनमा कार्यक्रम घोषणा गरिएको नेपाली काग्रेस क्षेत्र नम्बर २ रुपन्देहीका सभापति हरि लम्सालले रातोपाटीलाई बताए ।

उनका अनुसार आज साँझ बुटवलका १९ वटै वडामा बृहत राँके जुलुस निकालिने भएको छ भने भोलि असोज १८ गते रुपन्देही बन्दको बन्द गरिएको छ । यस्तै १९ गते प्रदेशसभा घेराउको कार्यक्रम राखिएको उनले बताए । 

प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै नेपाली काँग्रेसले विरोध गरेका हो । नेपाली काग्रेसले पहिले सरकारले तोकिएको बुटवल नै उपयुक्त भएको भन्दै अहिले प्रदेश सरकारले कोरोना बेला यस्तो प्रस्ताब ल्याएर राजधानी दाङ लैजाने निर्णय गर्नु गलत भएको ठहर गरेको छ ।

यता आजै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ को संसदीय दलको बैठकले दाङकै पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप