रेसुङ्गा नगरपलिका र बेलायतको नगरपालिकाबीच भेगेनी सम्बन्ध
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका र बेलायतका एक नगरपालिका बिच भंगेनी सम्वन्ध स्थापना गर्ने सम्झौता भएको छ । नेपाली राजदुतावास लण्डनद्धारा शनिवार जारी प्रेस विज्ञप्ती अनुसार अक्टोवर २ शुक्रवार बेलायतमा आयोजित एक समारोहमा संयुक्त राज्य बेलायतको हाकिन्ज नगरपरिषद र गुल्मीको रेसुङ्गा नगरपालिका बिच भंगेनी सम्वन्ध स्थापित गर्ने सम्झौता भएको हो ।
परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीका प्रेस विज्ञ सुदन ज्ञवालीका अनुसार विश्व ब्यापी कोरोना संक्रमणका कारण यति बेला रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल बेलायत जान सक्ने अवस्था नभएका कारण उनको तर्फबाट नेपालका लागि बेलायतका राजदुत डाक्टर दुर्गाबहादुर सुवेदीले र त्यस नगरपरिषदका प्रमुख फिलिप मार्टिनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल र बेलायतका यी दुई नगरबीच भगिनी सम्बन्ध स्थापना भएबाट सामाजिक, शैक्षिक, सांस्कृतिक क्षेत्रमा सहयोग तथा भ्रमण आदन प्रदान मार्फत दुई देश बिच जनस्तरको सम्पर्क हुने त्यहाँका नगरप्रमुख मार्टिनले बताएको विज्ञप्तीमा उल्लेख छ । त्यहाँका नगरपरिषद प्रमुख मार्टिनले रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसाल सहितको प्रतिनिधी मण्डललाई सन २०२१ म हाकिन्ज नगरमा भ्रमणको निमन्त्रण समेत गरेका छन् ।
रेसुङ्गा नगरपालिकाको मेयर भुसाल र उपमेयर सिताभण्डारी सहितको प्रतिनिधी मण्डललाई अर्को बर्षका लागि भ्रमणको निमन्त्रण दिएको प्रति राजदुत डाक्टर सुवेदीले धन्यवाद दिए खुसी ब्यक्त गरेका थिए । त्यस्तै त्यस नगर परिषदका पूर्व प्रमुख ग्लिन हिबर्टले नेपाली गोर्खा सैनिकहरुको योगदानको कदर गदै यी दुई नगरबिचको भगिनी सम्वन्धले आफु अत्यन्तै उत्साहित भएको बताएका थिए ।
त्यस्तै रेसुङ्गा नगरपालिका खानीखाउँमा रहेको शिद्धबाबा माध्यामिक विद्यालय र हकिज नगरमा रहेको चर्चिले स्कुल बिच पनि सहयोग आदन प्रदान गर्ने सहमति भएको छ । यी दुई बिच भंगेनी सम्वन्धको सम्झौता आदन प्रदान भए पछि हाकिज नगरपरिषद प्रमुख मार्टिनले जलपान समारोहको आयोजना गरेका थिए ।
समारोहका त्यहाँका विभिन्न तहको जनप्रतिनिधी उच्च पदस्थ कर्मचारीहरुको सहभागिता थियो । बेलायत जस्तो मुलुबाट रेसुङ्गा नगरपालिका संग भंगिनी सम्वन्ध स्थापित हुनु नगरपालिकाका लागि ठुलो अवसर भएको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए ।
त्यहाँका नगरप्रमुख , नेपाली राजदुत , परराष्ट्रमन्त्री सहित भंगिनी सम्बन्ध स्थापना गर्न पहल गर्नु हुने सबैलाई मेयर डिल्लराज भुसालले धन्यबाद दिए । संक्रमणका कारण आफु यति बेला त्यहाँ जान नसकेका कारण यहाँबाट आफुले हस्ताक्षर गरि पठाएको भुसालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण