प्रदेश ५ : राजधानीका सवालमा काँग्रेसका सांसदहरु विभाजित, पश्चिमी भेगका सांसद दाङकै पक्षमा
बुटवल । नेपाली काँग्रेस रुपन्देहीले प्रदेश ५ को राजधानी बुटवल नै हुनुपर्ने मागसहित आन्दोलनको अगुवाई गरे पनि सोही पार्टीबाट निर्वाचित दाङसहित पश्चिम भेगका सांसदहरु दाङमै राजधानी हुनुपर्ने पक्षमा देखिएका छन् ।
नेपाली काँग्रेस रुपन्देहीले बुटवल मै राजधानी हुनुपर्छ भनेर आन्दोलन गर्नु स्वाभाविकै हो,’ काँग्रेसबाट विजयी दाङका प्रदेश सांसद डिल्लीप्रसाद चौधरीले भने, ‘हिजो बुटवल राजधानी हुन्छभन्दा हामी पश्चिमतर्फकाले पनि आन्दोलन गरेका थियौँ, आगो बालेका थियौँ, यो स्वाभाविक हो ।’
उनले प्रदेशको पश्चिमी भेगबाट काँग्रेसका ६ जना सांसदले प्रदेश सभामा प्रतिनिधित्व गर्दै आएको जानकारी दिँदै भने, ‘दाङमा ३ जना छौँ, बाँकेमा दुई जना र बर्दियामा एक जनासहित ६ जना छौँ । हामी यताका सांसदहरुले दाङ नभई बुटवलमा राजधानी हुनुपर्छ भन्न मिल्दैन ।’
पार्टीमा राजधानीका बारेमा छलफल नभएको उनले बताए । आइतबार पार्टी तहमा छलफल हुने उनको भनाइ छ ।
काँग्रेस संसदीय दलका नेता बुटवलकै पक्षमा
प्रदेश ५ नेपाली काँग्रेस संसदीय दलका नेता एवं कपिलवस्तुका सांसद विरेन्द्र कनौडियाले प्रदेश ५ को राजधानी हरेक हिसावले बुटवल नै उत्तम रहेको धारणा राखे ।
‘अन्तर्राष्ट्रियस्तरसम्म चर्चित गौतम बुद्धको जन्मथलो, अन्तर्राष्ट्रिय विमानस्थल लगायत यति धेरै भौतिक संरचना भएको बुटवललाई छाडेर दाङको देउखुरीमा जंगलको बीचमा राजधानी लैजाने निर्णय मुख्यमन्त्री शंकर पोखरेल र नेकपाको दुई तिहाईको दम्भमात्रै हो,’ उनले भने, ‘मुख्यमन्त्री भनेको प्रदेशभरीका जनताको हो, उहाँले आफ्नो गृह जिल्लामा राजधानी लैजाने निर्णय गर्नुपूर्व अन्यत्रका जनताको पनि भावना बुझ्नु पर्दछ ।’
भौगोलिक विन्दु नै हेर्ने हो भने अन्य प्रदेशको राजधानी पनि कहाँ कहाँ छ भनेर अध्ययन गर्नुपर्ने उनको भनाइ छ । ‘देउखुरीमा बुटवलको जस्तै संरचना खडा गर्न २०औँ वर्ष लाग्छ,’ उनले भने, ‘राज्यको अरबौँ रकम खर्च हु्न्छ ।’ उनका अनु्सार प्रदेशमा नेपाली काँग्रेसबाट विजयी १९ जना सांसदमध्ये पश्चिमका ६ जना सांसदले देउखुरीलाई नै समर्थन गरे पनि त्यस यताका सांसदले बुटवललाई नै समर्थन गर्ने देखिएको छ ।
प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट ६१ जना, काँग्रेसबाट १९ जना, फोरम समाजवादीबाट ६ जना र राष्ट्रिय जनमोर्चाबाट एकसहित ८७ जना सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण