निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध छैन: मन्त्री भट्टराई
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नभएको बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठका उपस्थित हुनुभएका मन्त्री भट्टराईले निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नभएको बताएका हुन् ।
स्थानीय बासिन्दाका लागि दिनुपर्ने मुआब्जा ८० प्रतिशत वितरण भइसकेको र केहीलाई स्थानान्तरण गर्ने कामको सुरुवात भएको उनले बताए । १९ सय हेक्टर क्षेत्रफल जमिनमा बन्ने एयरपोर्ट भएकाले कति रुख कटान हुन्छ भन्ने सम्बन्धमा रुखको गणना गर्ने काम भइरहेको पनि उनले बताए । विभिन्न १२ वटा ब्लकमा विभाजन गरेर रुख गणनाको सुरुवात गरिएको र अहिले सम्म २ वटा ब्लकको गणना गर्नेकाम सकिएको उनले बताए ।
२ वटा ब्लकमा ६५ हजार रुख रहेको पनि उनले बताए । उक्त तथ्याङ्कका आधारमा करिब ४ लाख रुख कटान हुने अनुमान गरिएको पनि उनले बताए । यस्तै विमानस्थल निर्माणका लागि लगानी जुटाउने काम पनि लगानी बोर्ड मार्फत भइरहेको उनले बताए । लगानी बोर्डले जुरिच अन्तर्राष्ट्रिय विमानस्थललाई लगानीकर्ताको रुपमा छनौट गरिसकेको र विभिन्न दुई चरणमा प्रपोजल आदानप्रदान भइसकेको समेत बताए ।
उक्त विमानस्थलाई पछिल्लो पटक लगानीका लागि अन्तिम मौका दिइएको पनि उनले बताए । त्यसपछि पनि लगानी सुनिश्चित नभए देश विदेशबाट लगानीकर्ता खोज्ने वा सरकार आफैले लगानी गर्ने भन्ने समबन्धमा छलफल गरि टुंगो लगाइने उनको भनाई छ । तर पनि विमानस्थल निर्माणका अन्य कामहरु भने भइरहेको मन्त्री भट्टराईले बताए ।
बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको हित र अन्य लाभलाई हेर्दा पनि निजगढ विमानस्थल निर्माणको काम छिटो सुरु गर्नुपर्ने बताए । विमानस्थल निर्माणमा कुनै बाधा व्यवधान भए तत्काल समाधान गरी निर्माण कार्य सुरु गर्नुपर्ने उनले बताए ।
आफु प्रधानमन्त्री भएको समयमा समेत यो विमानस्थल निर्माणका लागि उच्च प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले १० वर्ष भइसक्दा समेत कुनै प्रगति हुन नसकेको बताए । अब पनि कुनै समस्या भए उच्च तहबाट नै उच्चतम प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने उनले बताए ।
बैठकमा सांसदहरुले निजगढ विमानस्थलको निर्माण कार्यमा भइरहेको सुस्तता प्रति चासो व्यक्त गरेका थिए । विमानस्थल निर्माणका लागि कति रुख काट्नुपर्ने हो त्यसको निक्र्योल गरी उच्च प्राथमिकताका साथ काम गर्न सांसदहरुले सुझाव दिएका छन् ।
त्यसबाहेक स्थानीय समुदायका कुनै समस्या छन भने तत्काल समाधान गरी विमानस्थल निर्माणको वातावरण बनाउनुपर्ने सांसदहरुले बताए । यस्तै लुम्बिनी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण समेत छिटो गर्नुपर्नेमा सांसदहरुले जोड दिए । यसबाहेक बैठकमा कोरोना संक्रमणका कारण विदेशबाट उद्दार गर्नुपर्ने नागरिकहरुलाई छिटो ल्याउने व्यवस्था मिलाउन सांसदहरुले जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण