भीमफेदी सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो (अपडेट)
आइतबार, १८ असोज २०७७, १७ : ४२
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढीमा आज मध्याह्न भएको सुमो दुर्घटनामा परी मृत्यु हुने तीन जना पुगेका छन् । ना १ ज ४१०६ नम्बरको सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै तथा एक जनाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । थप मृत्यु हुनेमा झापा जिल्लाकी २५ वर्षीया देवीकुमारी गिरी रहेको प्रहरीले जनाएको छ ।
घाइतेको हेटौंडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीरर रहेको प्रहरीले जनाएको छ । घटनास्थमा मृत्यु भएका दुई जनाको पहिचालन खुल्न नसकेको बताइएको छ । आज बिहान ११ बजे हेटौंँडाबाट काठमाडौँ लागि छुटेको दक्षिणकाली सुमो सेवाको गाडी चिसापानी गढीमा दुर्घटना हुँदा सडकबाट झण्डै १०० मिटर तल खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण