प्रदेश ५ मा हंगामाः रोस्टमबाटै मन्त्रीले दिए सांसदलाई घिसारेर निकाल्न निर्देशन
बुटवल– प्रदेश ५ का आन्तरिक तथा कानुनमन्त्री कुलप्रसाद केसीले सांसदहरुलाई घिसारेर निकाल्न आदेश दिएका छन् । प्रदेश ५ को राजधानी दाङको देउखुरी तोक्ने प्रस्तावमाथि छलफल गर्ने क्रममा मन्त्री केसीले सांसदहरुलाई ‘समातेर हाल, घिसारेर निकाली हाल’ भन्ने शब्दको प्रयोग गरी बाहिर निकाल्न निर्देशन दिएका हुन् । संसदमा काँग्रेस सांसदले कुर्सी भाँचेर हंगामा मच्चाएपछि आक्रोशित भएका मन्त्री केसीले संसद अवरुद्ध गर्ने सांसदहरुलाई समातेर निकाल्न निर्देशन दिए ।
त्यसपछि केही सांसद् बोलेपछि सभामुख पूर्णबहादुर घर्तीले छलफल सकिएको घोषणा गरे । सभामुखले छलफल सकिएको घोषणा गर्दा पनि सांसदहरूले हात उठाएर समय माग गरिरहेका थिए । त्यसपछि सभामुख घर्तीले प्रस्तावमाथि संशोधन राख्नका लागि १८ घण्टाको समय तोक्दै छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई समय दिए ।
मन्त्री रोस्टममा गएर निकै आक्रोशित ढंगले बोल्न थालेपछि मर्यादापालकले रोस्टममै पुगेर सुरक्षा दिएका थिए । सभामुखले भोलि दिउँसो १२ बजे सम्मका लागि बैठक सकिएको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण