करेन्ट लागेर युवकको मृत्यु
सोमबार, १९ असोज २०७७, १९ : १३
काठमाडौँ । रुपन्देहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नवलपरासी घर भई रुपन्देही तिलोत्तमा नगरपालिका–१ बस्ने ३० वर्षीय धर्मेदर सहनीको मृत्यु भएको हो ।
सोमबार दिउँसो अन्दाजी साढे १ जबेतिरको समयमा तिलोतमा नगरपालिका–९ कालीगण्डकी पथस्थित यज्ञमुर्ति बस्यालको घरमा मार्बल लगाउने क्रममा अचानक करेन्ट लागि सहनी घाइते भएका थिए ।
घाइते अवस्थामा क्रिमसन अस्पताल मणिग्राम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।
प्रहरी टोलीले घटनास्थल लासजाँच मुचुल्कालगायतका प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमका लागि ५ नम्बर प्रादेशिक अस्पताल बुटवल पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल
-
जनकपुरका गुठी जग्गा र पोखरी अतिक्रमणको खोजी सुरु, सात दिनभित्र खाली गर्न सूचना
-
ट्वाइलेट सिटको पानी पिउने प्रतियोगिता आयोजना
-
बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा
-
इराकमार्फत आएको अमेरिकी युद्धविराम प्रस्ताव इरानले गर्यो अस्वीकार
-
प्रहरीको जागिर चुनौतीपूर्ण र अपजसी हुन्छ : मदनकृष्ण श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण