दाङको तुलसीपुरबाट १३ जुवाडे पक्राउ
दाङ । प्रहरीले तुलसीपुरबाट करिब एक लाख नगद रुपैयाँसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा १३ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका–६ भ्यारथान बस्ने कुमार सुनारको घरमा पैसाको हारजित हुने गरी जुवातास खेलिराखेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नगद ९८ हजार ९५० रुपैयाँसहित १३ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिव बहादुर सिंहले जानकारी दिए ।
पक्राउमा जुवा प्रयोग भएको नखोलेको रातो तथा कालो रङ्गको तास ५ गड्डी र खोलेको रातो तथा कालो रंगको तास ३ गड्डी तासहित प्रहरीले तुलसीपुर उपमहानगरपालिका– ६ निवासी २८ बर्षीय रोशन बुढाथोकी, सोही ठाउँ निवासी ४३ बर्षीय भरत विक, २८ बर्षीय हेमन्त शाही, २८ बर्षीय सुशील वली, ४२ बर्षीय रामकुमार सुनार पक्राउ परेका हुन् ।
त्यसैगरी ३३ बर्षीय ओमबहादुर बुढामगर, ३६ बर्षीय प्रेमबहादुर सुनार, ३९ बर्षीय टंकबहादुर सुनार, घोराही उपमहानगरपालिका–१३ बस्ने ३३ बर्षीय मालबहादुर वली, २८ बर्षीया केशव डांगी, २६ बर्षीय अर्जुन पुन, बाँके कोहलपुरका ६० बर्षीय धर्मराज बुढाथोकी र कोहलपुरका ४० बर्षीय दिपक वली रहेको सिंहले बताए ।
उनीहरुलाई जुवा ऐन २०२० अन्तर्गत जुवा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि दाङ प्रहरीले एकैदिन १८ जुवाडेलाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण