१६ जनाको ज्यान लिएको बाग्लुङ दुर्घटना : पीडित परिवारले अझै पाएनन् बीमा रकम
गुल्मी । गुल्मीको ईस्मा गाउँपालिकाबाट बाग्लुङमा कूल पूजा गर्न जाने क्रममा जिप दुर्घटनामा परेर १६ जनाको ज्यान गएको झण्डै एक वर्ष बितिसक्दा पनि मृतकका परिवारजनले दुर्घटना बीमाको रकम अझै पाउन सकेका छैनन् ।
२०७६ साल मंसिर १७ गते विहान ईस्मा गाउँपालिका वडा नम्वर ४ पैंयाबाट कार्की टोलबाट बाग्लुङको ढोरपाटन नगरपालिकातर्फ कूल पूजा गर्न जाने क्रममा सडकदेखि तल खोलामा जीप खसेर १४ जनाको घटनास्थलमा नै र दुई जनाको उपचारका क्रममा ज्यान गएको थियो ।
उक्त दुर्घटनामा श्रीमती गुमाएका तिलबहादुर कार्कीले भने, ‘सो बेला किरिया खर्च दिने क्रममा एक दुई महिना मै जनही ५ लाखका दरले बीमा रकम आउँछ भनिएको थियो तर एक वर्ष हुनै लाग्दा पनि दिइएको छैन् ।’
त्यतिबेला प्रति परिवार २५ हजारका दरले गुल्मी यातायात व्यवसायी संघले किरिया खर्च दिएको थियो । ‘किन उनीहरुको बीमा रकम अहिले सम्म दिइएन त ?,’ भनेर सोध्दा संघका प्रबन्धक डोलबहादुर कुँवर भन्छन्, ‘कोरोना संक्रमणका कारण ढिला भएको हो । अब छिट्टै दिलाउँछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण