खुकुरी प्रहार गरेको अभियोगमा तीनजना भीआईपी टोलबाट पक्राउ
दाङ । खुकुरी प्रहार गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–६ भीआईपी टोलका तीन जना पक्राउ परेका छन् । सल्यान बागचौघर घर भइ हाल भीआईपी टोल बस्ने १९ बर्षीय डण्डविर खड्कालाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ भीआईपी टोल निवासी १९ बर्षीय शिवप्रसाद चौधरी, सोही ठाउँ निवासी १६ बर्षीय दिपेश चौधरी र सोही ठाउँ निवासी १७ बर्षीय संदिप सुनार रहेको दाङका एसपी गणेश चन्दले जानकारी दिए ।
तुलसीपुर–६ मा रहेको विजय फर्निचरमा काम गरि फर्कने क्रममा आइतबार साँझ खड्कालाई एक्कासी अज्ञात व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको एसपी चन्दले बताए ।
घटनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहको कमाण्डमा खटिएको टोलीले तुलसलीपुर उपमहानगरपालिका–६ भीआईपी टोलमा लुकीछिपी बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तहरुको साथबाट प्रहरीले घटनामा प्रयोग भएको १ थान खुकुरीसहित बरामद गरेको छ । जिल्ला अदालत दाङबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फर्निचरमा काम गर्ने खड्कालाई सोही फर्निचरमा काम गर्ने साइला भन्ने गोविन्द विक, पूर्ण भन्ने लक्षिराम विक, रुकुम मुसिकोट नगरपालिका सोलावाङ घर भई हाल तुलसीपुर–६ मा डेरा लिई बस्ने १९ वर्षीय अनुराग विकसँगै फर्कने क्रममा आक्रमण भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण