जाजरकोटमा जिप दुर्घटना, वडाध्यक्षसहित ५ जनाको मृत्यु
बुधबार, २१ असोज २०७७, १७ : ४७
काठमाडौँ । जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ औलभीरमा जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । गाउँपालिकाका सूचना अधिकारी जयराम घर्तीका अनुसार जुनीचाँदे वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाहीको पनि मृत्यु भएको छ ।
त्यस्तै दुर्घटनामा स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा २ जना बेपत्ता छन् । बेपत्ताको सनाखत हुन नसकेको प्रहरीको भनाइ छ । घटनास्थलमा घाइतेको उद्दार र बेपत्ताहरुको खोजी कार्य भइरहेको छ ।
गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगादेखि परालेतर्फ जाँदै गरेको अध्यक्ष शाहीसहित सवार भे १ ज ९३५ नम्बरको जिप दुर्घटनामा परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
-
अमेरिका–भारत सम्बन्ध : रणनीतिक साझेदारी कि लुप्त प्रतिद्वन्द्विता ?
-
रास्वपाको लक्ष्य मुलुकको सक्षम राजनीतिक शक्ति बन्ने हो : सभापति लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण