काठमाडौँमा ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास, ४३ वर्षीय पुरुष पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौँको बागमती करिडोरबाट ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घोराही नगरपालिका–४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरकाअनुसार विकले ७ वर्षीया बालिकालाई जबरजस्तरीकरणी गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बुधबार दिउँसो करिब ३ः४० बजेको समयमा काठमाडौं महानगरपालिका–३२ महादेवस्थानस्थित बागमती करिडोरमा विकले बालिकामाथि बलात्कारको प्रयास गरेको स्थानीयले देखेपछि ती बालिकाको उद्दार गरिएको थियो ।
बालिकाको उद्दारपछि स्थानीयले विकलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका एसपी राठौरले बताए । विकले बालिकालाई विभिन्न प्रलोभनमा पारेर जबरजस्तीकरणी गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
परक्षिणको लागि बालिकालाई अस्पताल पठाएको एसपी राठौरले बताए । विकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण