काठमाडौँमा ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास, ४३ वर्षीय पुरुष पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौँको बागमती करिडोरबाट ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घोराही नगरपालिका–४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरकाअनुसार विकले ७ वर्षीया बालिकालाई जबरजस्तरीकरणी गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बुधबार दिउँसो करिब ३ः४० बजेको समयमा काठमाडौं महानगरपालिका–३२ महादेवस्थानस्थित बागमती करिडोरमा विकले बालिकामाथि बलात्कारको प्रयास गरेको स्थानीयले देखेपछि ती बालिकाको उद्दार गरिएको थियो ।
बालिकाको उद्दारपछि स्थानीयले विकलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका एसपी राठौरले बताए । विकले बालिकालाई विभिन्न प्रलोभनमा पारेर जबरजस्तीकरणी गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
परक्षिणको लागि बालिकालाई अस्पताल पठाएको एसपी राठौरले बताए । विकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक