बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु
बिहीबार, २२ असोज २०७७, १५ : ०२
बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जना पुरुषको कोरोना संक्रमणपछि मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार बुटवल उपहानगरपालिका वार्ड नम्बर ६ का ८० बर्षीय पुरुषको आज दिउँसो १ बजेर २५ मिनेट जादाँ मृत्यु भएको हो ।
बुधबार कोरोना बिशेष अस्पतालमा भर्ना भएका उनी दम, ज्वरो, मधुमेह, प्रेसर र स्वासप्रश्वास सम्बन्धी रोगबाट पिडित रहेका थिए ।
उनमा बुधबार नै कोरोना पोजटिभ भएको रिपोर्ट आएको अस्पतालले जनाएको छ । आजनै रूपन्देही जिल्लाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारत एक संक्रमित पुरुषको पनि मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण