शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

उपमहानगर प्रमुख पाण्डेलाई कोरोना सङ्क्रमण

बिहीबार, २२ असोज २०७७, २१ : ११
बिहीबार, २२ असोज २०७७

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा उहाँलाई सङ्क्रमण पुष्टि भएको उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए ।  उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

 तुलसीपुरमा आज मात्रै २१ जनामा सङ्क्रमित थपिएको  फोकल पर्सन केसीले बताए ।  यसैबीच नगरप्रमुख पाण्डेसहित कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि उपमहानगरपालिका सहित सवै वडा कार्यालय एकसाताका लागि बन्द हुने भएका छन् । 

कार्यवाहक नगरप्रमुख माया शर्माको अध्यक्षतामा आज बसेको आपत्कालीन बैठकले यही असोज २९ गतेसम्मका लागि उपमहानगरपालिकाले प्रदान गदै आएका अत्यन्त आवश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै कर्मचारीमा कोरोना पुष्टि भएपछि भूमि सुधार तथा  मालपोत कार्यालय पनि बन्द गरिएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप