सरकार र डा.केसी पक्षबीचको वार्ता असफल
काठमाडौं । सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीचको वार्ता निष्कर्षविहीन भएको छ। शुक्रबार साँझ ९ बजेदेखि सिंहदरवारमा बसेको वार्ता निष्कर्षविहीन भएको हो । डा.केसीको जीवन रक्षाका लागि सरकारले बेवास्ता गरेको र अन्त्यमा वार्ता निष्कर्षविहीन भएको डा.केसीका पक्षबाट वार्ता टोलीका संयोजक डा.जीवन क्षेत्रीले जानकारी दिए। डा.क्षेत्रीले भने, ‘सरकारको नियत डा.गोविन्द केसीको जीवन गए जाओस् भन्ने जस्तो देखियो, अन्तिममा आएर शिक्षामन्त्रीले नै बेवास्ता गरिदिनुभयो ।’
यसअघि बिहीबार पनि सरकार र डा.केसी पक्षबीच वार्ता भएको थियो। अन्ततः बिहिबार र शुक्रबारको वार्ता असफल भएको डा.क्षेत्रीले जानकारी दिए । दुवै पक्षबीच सहमतिका लागि मस्यौंदा तयार भएकाले शुक्रबार सहमति हुन सक्ने अपेक्षा गरिए पनि वार्ता सफल हुन सकेन । शुक्रबार बिहानै वार्तामा बस्ने भनिएपनि बेलुका ९ बजे मात्र वार्ता सुरु भएको थियो । डा. केसी २६ दिनयता अनसनमा रहेका छन् । उनको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण