कोरोना संक्रमितको मृत्युको संख्या बढ्यो, बुटवलको कोरोना विशेष अस्पतालमा हालसम्म २७ जनाको मृत्यु
कोरोना संक्रमित संख्यासगै मृत्युदर पनि बुटवलस्थित कोरोना विशेष अस्पतालमा बढेको छ । पछिल्ला दिनहरुमा यहाँ दैनिकजसो कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।
हिजो साँझ रुपन्देहीको शुद्धोधन गाउँपालिका ६ का ५७ वर्षीय पुरुषको मृत्यु भएको थियो भने आज बुटवल १० का ७९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले रातोपाटीलाई बताए । योसँगै बुटवल कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या २७ पुगेको अस्पतालले जनाएको छ ।
रुपन्देहीको शुद्धोधनका पुरुषलाई गत असोज १९ गते स्वास्थ्यमा समस्या आएपछि पीसीआर जांच गराउँदा पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो । दुई दिनसम्म भेन्टिलेटरमा राखी उपचार गरिएका ती व्यक्तिमा क्षयरोगको समस्या पनि रहेको थियो
डा. थापाले गत असोज १० गते कोरोना पुष्टि भएका बुटवल–१० का पुरुषलाई १३ दिनसम्म भेन्टिलेटरमा राखी उपचार गर्दागर्दे मृत्यु भएको बताए । उनलाई पनि निमोनिया र मिर्गौलामा समस्या देखिएको थियो । अहिले अस्पतालको आईसीयूमा १६ र भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको छ । यस्तै दाडमा पनि एक जनाको मृत्यु भएको छ ।
दाङको घोराहीका १५ वर्षीय किशोरको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएर उपचार गराइरहेका उनको भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण